Section 6A
दरबन्दी सिर्जना
(१) निजामती सेवामा रहने पदहरूको दरबन्दी तोकिएबमोजिम सिर्जना हुनेछ ।
(२) कुनै नयाँ सरकारी कार्यालय स्थापना गर्न संगठन संरचना तयार गर्दा र नयाँदरबन्दी सिर्जना गर्दा वा तत्काल कायम रहेको संगठन संरचना र दरबन्दीमा पुनरावलोकन गर्दावा हेरफेर गर्दा सम्बन्धित मन्त्रालयले कार्यक्रम, कार्यबोझ, कार्य प्रकृति तथा दरबन्दी थप गर्नुपर्नेकारण र सोको औचित्य र उपलब्ध मानव स्रोतसमेतको आधारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी अर्थ मन्त्रालयको सहमति लिई सामान्य प्रशासन मन्त्रालयमा पठाउनुपर्नेछ ।
(२क) उपदफा (२) बमोजिम प्राप्त सहमतिको आधारमा सामान्य प्रशासन मन्त्रालयलेसोको मूल्यांकन गरी तीस दिनभित्र स्वीकृतिको लागि नेपाल सरकार, मन्त्रिपरिषद्समक्ष पेस गर्नेछ ।
तर, संगठन संरचना र दरबन्दी हेरफेर भएको अवस्थामा त्यस्तो हेरफेर भएको संगठनसंरचना र दरबन्दीको मात्र संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी प्रतिवेदन पेस गर्न सकिनेछ ।
(३) उपदफा (१), (२) र (२क) विपरीत दरबन्दी सिर्जना गरी पूर्ति गरिएको पदस्वतः खारेज हुनेछ ।